31 October ,2025,Friday

समुदाय प्रहरी साझेदारीकार्यक्रम अन्तरगत निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २३ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, वीरगंजको संयुक्त आयोजनामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।

बिश्व दृष्टि दिवस २०८२ को अवसरमा आयोजित उक्त कार्यक्रम जिल्ला पर्सा, वीरगंज महानगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पतालका नेत्र अधिकृत कौशल कुमार कर्ण, नेत्र सहायक अधिकृत सन्तोष ठाकुर, नेत्र सहायक अधिकृत आशा साह र अस्पताल व्यवस्थापन प्रतिनिधि प्रकाश कुमार वर्माको टोलीले आँखा परीक्षण गरेका थिए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालयमा कार्यरत १८५ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १०२ जनालाई चश्मा वितरण, ११३ जनालाई औषधि वितरण, १ जनामा मोतियाबिन्दु तथा १ जनामा उच्च पावर (High Power) रहेको पाइएको थियो।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले गरेका थिए। कार्यक्रममा प्रहरी नायब उपरीक्षक किशोर लम्साल, अन्य प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमले प्रहरी कर्मचारीहरूको स्वास्थ्य तथा दृष्टि संरक्षणमा सकारात्मक योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...