31 October ,2025,Friday

घरभित्र भीषण विस्फोट, तीन बालकसहित पाँच जनाको मृत्यु

नयाँदिल्ली, २४ असोज । भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेको बताइएको छ । प्रहरीले शुक्रबार घटनाको पुष्टि गर्दै अन्य केही व्यक्ति घाइते भएको जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार विस्फोट एलपीजी ग्यास सिलिन्डर पड्किँदा भएको अनुमान गरिएको छ । तीव्र विस्फोटका कारण दुई तले घर पूर्ण रूपमा ध्वस्त भएको र वरपरका घरहरू समेत क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । विस्फोटको आवाज टाढासम्म सुनिएको बताइएका कारण स्थानीय बासिन्दा पनि आतङ्कित भएका थिए ।

घटनापछि बम पत्ता लगाउने तथा डिस्पोजल स्क्वाडका सदस्यहरूका साथै फरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् । उनीहरूले विस्फोटको वास्तविक कारण र क्षतिको स्तर पत्ता लगाउने कार्य अघि बढाइरहेका छन् ।

घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ । त्यहाँ उनीहरूको उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र क्षतिको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिनेछ । ९रासस÷सिन्ह्वा०

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...