31 October ,2025,Friday

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरद्वारा प्रहरी प्रमुख सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ असोज । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, पर्साको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी र समुदायबीचको आपसी समन्वय, सुरक्षा सुदृढीकरण तथा अपराध नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको अध्यक्षता केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, वडा प्रहरी कार्यालय पर्साका प्रमुख निरोज चौलागाईं,नेपाल इनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई एवं केन्द्रका आजीवन सदस्यहरू, पदाधिकारीहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अध्यक्ष जय प्रकाश खेतानले अतिथि प्रहरी उपरीक्षक सुदिप राज पाठकलाई फूलमाला र खादा लगाएर स्वागत गर्नुभयो। उहाँले ग्रीनसिटी क्षेत्रलाई शान्त, सुरक्षित र अपराधमुक्त राख्न प्रहरीको सक्रिय भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समुदाय र प्रहरीबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रहरी उपरीक्षक सुदिप राज पाठकले पनि सामुदायिक सहयोगकै कारण पछिल्ला दिनमा पर्सा जिल्लामा आपराधिक गतिविधिमा कमी आएको बताउँदै समुदायको सुझाव र सहकार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।कार्यक्रम अन्त्यमा केन्द्रका पदाधिकारीहरूले अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...