31 October ,2025,Friday

२९औं विश्व अण्डा दिवसमा वीरगंजमा अण्डा वितरण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ असोज । २९ औं विश्व अण्डा दिवसको अवसरमा वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा तिनका कुरुवाहरूलाई अण्डा वितरण गरिएको छ। वीरगंज उद्योग वाणिज्य संघको समन्वयमा शिवम लेयर्स फार्म प्रा.लि. द्वारा आयोजित उक्त कार्यक्रममा करिब ३५० जना बिरामी र कुरुवाहरूलाई निःशुल्क अण्डा वितरण गरिएको हो।

कार्यक्रमको उद्देश्य समुदायमा स्वस्थ आहारको रूपमा अण्डाको महत्वबारे जनचेतना जगाउनु र प्रोटिनयुक्त पोषणको प्रचार–प्रसार गर्नु रहेको आयोजक पक्षले जनाएको छ।

शिवम लेयर्स फार्मका सञ्चालक शिवजी प्रसाद कलवारले अण्डा प्रोटिनको उत्कृष्ट स्रोत भएकोले यसको नियमित सेवनले शरीरलाई सन्तुलित पोषण प्रदान गर्ने बताए। उनले अण्डा सस्तो, सुलभ र पौष्टिक आहार भएकाले सबै उमेरका मानिसका लागि लाभदायी हुने उल्लेख गरे।

त्यसैगरी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले यस्ता सामाजिक उत्तरदायित्वयुक्त कार्यमा उद्योग व्यवसायीहरूको सक्रिय सहभागिता सराहनीय रहेको बताए। उनका अनुसार यस किसिमका कार्यक्रमहरूले उद्योग–व्यवसाय समुदायको समाजप्रति जिम्मेवारी र योगदानलाई प्रतिविम्बित गर्छन्।

कार्यक्रममा संघका सह–कोषाध्यक्ष निरज अग्रवाल, सह–सचिव नरेश टिबडेवाल, कार्यसमिति सदस्य अजय प्रजापती, नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा सामाजिक अभियन्ताहरूको समेत उपस्थिति रहेको थियो।

अण्डा वितरणसँगै सहभागीहरूलाई अण्डाको पोषण मूल्य, यसको दैनिक सेवनका फाइदा र स्वस्थ जीवनशैलीमा यसको योगदानबारे जानकारी पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...