spot_img

23 February ,2026,Monday

सामाजिक सेवा मेरो अन्तःकरणको आवाज हो : पार्वती तिवारी

रक्सौल, २५ असोज । सामाजिक सेवा यो केवल एउटा शब्द होइन, यो मेरो जीवनको त्यस्तो स्पन्दन हो जसले मलाई “म” बाट “हामी” सम्मको यात्रा गराएको छ। यो सेवा मेरो लागि कुनै दान वा उपकार होइन, यो त एउटा नैतिक दायित्व हो एउटा यस्तो कर्तव्य जसले आत्मालाई तृप्त बनाउँछ र समाजलाई जीवित राख्छ।

मैले समाजसेवा सुरु गर्दा अरूलाई बदल्ने सोचले होइन, आफूलाई सुधार्ने चाहनाले गरेकी थिएँ। पहिलो पटक जब मैले एउटा अनपढ बालिकालाई अक्षर चिनाउन सिकाएँ, त्यसबेला उसको आँखामा झल्किएको खुशीको झिल्कोले मेरो भित्रको अँध्यारो मेटाइदियो। त्यतिबेला मैले बुझें सेवा दिने मात्र होइन, सेवा पाउनेले पनि आफ्नो अन्धकारबाट मुक्त हुन्छ।

मेरो दृष्टिमा समाज सेवा भनेको केवल महिला आश्रममा गएर मुस्कान बाँड्नु मात्र होइन, त्यो मेरो घर सफा गर्ने महिलाको छोरालाई किताब किनिदिनु पनि हो। त्यो गलीमा बस्ने कुकरलाई बाँकी खाना राखिदिनु पनि हो, जो हरेक दिन मेरो ढोकामा आएर मौन साथी बन्छ।

सामाजिक सेवा कहिल्यै कुनै NGO को परिचयपत्र खोज्दैन, यो त हृदयको काम हो जसलाई कुनै क्यामेराले कैद गर्न सक्दैन, तर परमात्माले अवश्य देख्छ।

लोगहरू प्रायः भन्छन्, “समाज बिग्रिँदै गएको छ।” तर म सोच्दछु—के म आफैं त्यति सुधारिएकी छु जति चाहन्थें ? जब मैले अरूको हेरचाह गर्ने होइन, सहकार्य गर्न सुरु गरेँ, तब समाजको वास्तविक रूप देखेँ—संघर्षले भरिएको तर आशाले उज्यालो।

अब सेवा मेरो लागि छुट्टै काम होइनस यो मेरो सोच, मेरो जीवनशैली र मेरो पहिचान बनिसकेको छ।“म र समाज सेवा” बीचको सम्बन्ध कुनै विशेष घटना वा उपलब्धिसँग बाँधिएको छैन। यो त निःस्वार्थ रूपमा बग्ने नदीझैँ हो—शान्त, निरन्तर, जीवनदायिनी।

आज जब म कसैको सहयोग गर्छु, म केवल उसको होइन, आफ्नै आत्माको पनि उद्धार गर्छु। मेरो अन्तःकरण हरेक पल नयाँ चेतनाले भरिन्छ।

म समाज सेवा गर्दिनँ, म समाज सेवा गरेर बाँच्छु।
यो मेरो लागि साधना हो जहाँ न कुनै मंच चाहिन्छ, न पुरस्कार। केवल एउटा अन्तःकरण चाहिन्छ, जो भन्न सकोस्
“म छु, त्यसैले सेवा छ। सेवा छ, त्यसैले जीवन छ।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल