31 October ,2025,Friday

माटोको ढिस्कोले पुरीएर दुर्ईजनाको मृत्यु भएको छ भने ६ जना घाइते

बारा, २५ असोज । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्कोले पुरीएर दुर्ईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
शनिवार बिहान ८ः५० बजे घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा इशरा पोखरीको डिलमा माटोको ढिस्को खसेर दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता विजयराज पण्डितले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक पवन पछाईंको कमाण्डमा १४ जना प्रहरी र सशस्त्र प्रहरी बल सिम्रौनगढ बारा बेशबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ७ जना प्रहरी टोली खटिएका थिए।
प्रहरीका अनुसार ढिस्कोमा पुरिएका छ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ । उद्धारपछि दुर्ईजनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल निवासी ७० वर्षीया शारदा देवी महतोको उपचारका लागि कलैया प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता पण्डितले बताए। त्यस्तै सिम्रौनगढ ५ सानो इटवाल निवासी १५ वर्षका सुनिल महतो (निरहुवा), जसलाई कलैया मेट्रो अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेका छन् ।
माटोको ढिस्को खस्दा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानी कुमारी महतो, १४ वर्षीया सुशिला कुमारी महतो, १५ वर्षीय राजा बाबु शर्मा घाइते भएका छन् । घाइतेहरूलाई सिम्रौनगढ कंकाली अस्पताल, धर्मनगर अस्पताल र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरूका अनुसार सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ छठ पर्वका तयारीका लागि माटो खन्ने क्रममा यो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...