spot_img

23 February ,2026,Monday

वीरगंज युथ स्पोर्ट्स एकेडेमीद्वारा सुपर लिग (BSL) सिजन–४ का लागि खेलाडी किनबेच सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २५ असोज । वीरगंज युथ स्पोर्ट्स एकेडेमी (BYSA) वीरगंजले आयोजना गरेको सुपर लिग बीएसएल (BSL) सिजन–४ अन्तर्गत क्रिकेटर खेलाडीहरूको औपचारिक किनबेच कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वीरगंजस्थित नेशनल कलेजको सभाहलमा सम्पन्न गरिएको थियो। कार्यक्रमको अध्यक्षता वीरगंज युथ स्पोर्ट्स एकेडेमीका अध्यक्ष निरज झाले गर्नुभएको थियो भने प्रमुख अतिथि रूपमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह उपस्थित रहनुभएको थियो।

त्यसैगरी, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, राष्ट्रिय अम्पायर शतिश सिंह राजपूत, प्रशिक्षक, खेलप्रेमी, तथा विभिन्न टिमका प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

सुपर लिग बीएसएल सिजन–४ को अन्तर्गत खेलाडी किनबेच कार्यक्रमले प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मौका दिलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न टिमका प्रतिनिधिहरूले खेलाडीहरूलाई बोली प्रणाली (bidding process) मार्फत आफ्नो टिममा चयन गरेका थिए।

प्रमुख अतिथि पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले कार्यक्रममा भनुभयो अहिले नेपाली क्रिकेटले विश्व स्तरमा राम्रो प्रभाव पार्दैछ। खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो भविष्य सुरक्षित गर्ने बाटो खोलिरहेका छन्। यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने आत्मविश्वास प्रदान गर्छ।

बीरगंज युथ स्पोर्ट्स एकेडेमीका अध्यक्ष निरज झाले भने सुपर लिग बीएसएल हाम्रो दीर्घकालीन खेल परियोजनाको चौथो संस्करण हो। यसले वीरगंज र आसपासका युवा प्रतिभालाई अवसर दिलाउने मात्र होइन, देशकै क्रिकेट विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

कार्यक्रमको अन्त्यमा खेलाडीहरू, टिम व्यवस्थापक, तथा अतिथिहरूबीच मित्रतापूर्ण अन्तरक्रिया गरिएको थियो। आयोजकले आगामी दिनमा अधिक व्यावसायिक ढंगले BSL–Season 4 सञ्चालन गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल