spot_img

23 February ,2026,Monday

वीरगंजमा हैजाविरुद्धको खोप अभियान सुरु, सिडिओ सुवेदीले खोप खाएर गरे उद्घाटन

अभिलाष गुप्ता

वीरगंज, २६ असोज । पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले आज आइतबारदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओं) तोयनारायण सुवेदीले पहिलो खोप खाएर औपचारिक रूपमा अभियानको शुभारम्भ गरे। उनले खोप सेवन योग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आह्वान गरे।

स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५४ हजार नागरिकलाई इयूभिकोल–एस खोप दिइने लक्ष्य रहेको छ। यो खोप १ वर्षभन्दा माथिका सबै उमेर समूहका व्यक्तिहरूलाई दिइनेछ।

खोप अभियानका लागि पर्साका १४ स्थानीय तहमा १,९५० खोप केन्द्र स्थापना गरिएको छ। यी केन्द्रहरू सरकारी तथा निजी अस्पताल, विद्यालय, सरकारी कार्यालय, धार्मिक स्थल, बसपार्क, नेपाल–भारत सीमा नाका, उद्योग–कलकारखाना लगायत स्थानमा रहेका छन्।

अभियानलाई सफल बनाउन १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी गरी कुल १,८९४ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अभियानले महामारी नियन्त्रणमा निर्णायक भूमिका खेल्ने बताए। उनका अनुसार, खोपले हैजाबाट प्रत्यक्ष सुरक्षा दिने भएकाले महामारी रोकथाममा ठूलो राहत मिल्नेछ। हैजाको संक्रमण अझै सक्रिय, स्रोत पत्ता लाग्न सकेन गत भदौ ६ गते वीरगंजमा पहिलो पटक तीन जनामा हैजाको संक्रमण देखिएको थियो। असोज २१ गतेसम्म पर्सामा २४५ जनामा संक्रमण पुष्टि भए पनि सबै निको भएर घर फर्किसकेका छन्।तर संक्रमणको मूल स्रोत अझै पत्ता लाग्न सकेको छैन, यद्यपि अहिलेसम्म हैजाबाट कसैको मृत्यु भएको छैन।

अभियानको उद्घाटन कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, तथा पत्रकार महासंघ पर्साका सचिव विजय चौहान लगायतले पनि खोप लिएर अभियानमा सहभागिता जनाए।

डा. गुप्ताले खोपको कुनै साइड इफेक्ट नरहेको र सबैले निर्धक्क सेवन गर्न सक्ने बताए। डा. गौतमले भने तिहारअघि नै सबै लक्षित स्थानीय तहमा अभियान सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। पर्सासँगै बारा जिल्लामा असोज २९ गतेदेखि हैजा विरुद्धको खोप अभियान सुरु हुने भएको छ। प्रारम्भिक चरणमा बाराका ६ पालिकामा कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर खोप केन्द्रित रूपमा सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल