अभिलाष गुप्ता
वीरगंज, २६ असोज । पर्सा जिल्लाको पकहा मैनपुर गाउँपालिका–१ धोरेस्थित धुपनाथ पटेलको घरमा गएराति अचानक बिजुलीको तार सर्ट भई ठूलो आगलागी भएको छ। आगलागीबाट गोठघरभित्र रहेको मोटरसाइकल, अन्नपात, लत्ता–कपडा, फर्निचर र अन्य घरायसी सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
स्थानीयका अनुसार आगलागीको कारण करिब लाखौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको अनुमान गरिएको छ। घटनामा घरमा रहेका तीनवटा चौपाया (पशु) घाइते भएका छन्।

आगलागीपछि स्थानीयबासी,प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार आगो बिजुलीको तार सर्ट हुँदा लागेको प्रारम्भिक अनुमान गरिएको छ।
सुदूर गाउँ क्षेत्रमा लगातार बढ्दै गएको विद्युत सर्टका कारण हुने आगलागी घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ। गाउँपालिका प्रशासनले क्षतिको विवरण संकलन गरी सहयोगका लागि पहल सुरु गरेको जनाएको छ।


