8 December ,2025,Monday

पर्सामा सुरु भयो हैजा (Cholera) विरुद्धको मुखखोप अभियान : डा. उदय नारायण सिंह

वीरगंज, २६ असोज । पर्सा जिल्लामा आजदेखि हैजा (Cholera) विरुद्धको ओरल कोलेरा भ्याक्सिन (OCV) खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। यो अभियान नेपाल सरकार, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ र इन्टरनेशनल को–ऑर्डिनेटिङ ग्रुप (ICG) को सहयोगमा सञ्चालन गरिएको हो।

अभियान अन्तर्गत आजदेखि जिल्लाभरका विभिन्न वडामा स्वास्थ्यकर्मीहरूको टोलीले घरदैलो र खोप केन्द्रमार्फत नागरिकहरूलाई मुखले खाने हैजा विरुद्धको खोप वितरण गर्न थालेका छन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, यो खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेको छ। उनले भने, यो खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिले लगाउन सक्छन्। गर्भवती महिला र सुत्केरी अवस्थाका महिलालाई पनि यो खोप लगाउन सकिन्छ। कुनै हानि वा साइड इफेक्ट हुँदैन।

डा. सिंहका अनुसार, पर्सा जिल्लाका सबै स्थानीय तहमा यो अभियान सुरु गरिएको छ र जनता नजिकैको खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन सक्नेछन्। उनले थपे हामीले लगायौं, अब पालो तपाईंको भन्ने नारा सहित यो अभियानलाई जनस्तरमा विस्तार गरिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार, हैजा दूषित पानी वा खाना सेवनबाट फैलिने अत्यन्त संक्रामक रोग हो, जसको नियन्त्रणका लागि खोप, सरसफाइ र स्वच्छ पानीको प्रयोग सबैभन्दा प्रभावकारी उपाय हुन्।

सरकारले यो खोप अभियानबाट पर्सा जिल्लालाई हैजामुक्त बनाउने लक्ष्य राखेको छ। खोप अभियान आगामी केही दिनसम्म निरन्तर चल्ने र सबैलाई यो अवसर प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...