8 December ,2025,Monday

वीरगंजमा हैजाविरुद्धको खोप अभियान अन्तर्गत बिकन मा.वि.का विद्यार्थीलाई खोप वितरण

अभिलाष गुप्ता

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिकाको पहलमा सञ्चालन भइरहेको हैजा (Cholera) विरुद्धको मुखखोप अभियान अन्तर्गत आज वीरगंज–४ भगवतीटोलस्थित बिकन माध्यमिक विद्यालयमा विद्यार्थिहरूलाई खोप लगाइयो।

विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम वीरगंज महानगरपालिका स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय दनुवा र शिक्षक मङल सिंहको विशेष उपस्थितिसहित खोप लगाउने कार्य सम्पन्न गरिएको थियो।

स्वास्थ्यकर्मीहरूले बिहानदेखि विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई क्रमशः खोप लगाएका थिए। विद्यार्थीहरूमा खोपप्रति उत्साहपूर्ण सहभागिता देखिएको विद्यालय प्रशासनले जनाएको छ।

प्रधानाध्यापक जय दनुवाले कार्यक्रममा बोलेका थिए स्वस्थ विद्यार्थी नै सबल राष्ट्रका आधार हुन्। महानगरपालिकाले ल्याएको यो खोप अभियानले विद्यार्थीसहित अभिभावकहरूमा पनि स्वास्थ्यप्रति सचेतना बढाउनेछ।

महानगरपालिकाले हैजाको जोखिम न्यून पार्ने उद्देश्यले विद्यालय, सामुदायिक केन्द्र र भीडभाड भएका स्थानहरूमा लगातार खोप अभियान सञ्चालन गरिरहेको छ।वीरगंजका विभिन्न विद्यालयहरूमा आगामी केही दिनसम्म यो अभियान निरन्तर चल्ने स्वास्थ्य शाखाले जनाएको छ। 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...