15 October ,2025,Wednesday

सातो माई मन्दिर परिसरमा उपकार सेवा नेपालद्वारा वाटर पम्प हस्तान्तरण

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । वीरगंज महानगरपालिका–३२, टोल प्रसवा स्थित सातो माई मन्दिर परिसरमा खानेपानीको अभाव भएको अवस्थालाई मध्यनजर गर्दै उपकार सेवा नेपालको पहल तथा सहयोगमा मन्दिर परिसरमा पानी तान्ने वाटर पम्प स्थापना गरिएको छ।

स्थानीय बासिन्दा र भक्तजनहरूलाई शुद्ध र सुलभ पानीको व्यवस्था होस् भन्ने उद्देश्यले सो वाटर पम्प उपलब्ध गराइएको हो। खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सहयोग पुग्ने विश्वासका साथ उपकार सेवा नेपालले पम्प घरमै बोलाएर आयोजित एक सानो औपचारिक कार्यक्रमबीच मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो।

कार्यक्रममा स्थानीय समाजसेवी प्रमिला देवी र प्रतिमा शाहको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा संस्थाको तर्फबाट अध्यक्ष विद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू तथा जनमत पार्टी पर्साका जिल्ला संयोजक ओमप्रकाश सर्राफ समेत सहभागी भएका थिए।

अध्यक्ष सरावगीले कार्यक्रममा बोल्दै उपकार सेवा नेपालले सधैं समाजमा आवश्यक र जनहितका कामलाई प्राथमिकता दिँदै आएको बताइन्। उनले धार्मिक स्थलहरूमा शुद्ध खानेपानी, सरसफाई र वातावरणीय व्यवस्थापनका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै, स्थानीय समाजसेवी प्रमिला देवीले संस्थाको यो सहयोगले मन्दिरमा आउने भक्तजन र आसपासका बासिन्दालाई ठूलो राहत मिल्ने बताउँदै उपकार सेवा नेपालप्रति आभार व्यक्त गरिन्।

कार्यक्रममा सहभागी स्थानीयहरूले पनि मन्दिरमा खानेपानीको दीर्घकालीन समाधानका लागि गरिएको यो कदम प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए। कार्यक्रम अन्त्यमा मन्दिर परिसरमा उपस्थित भक्तजनहरूलाई संस्थाका प्रतिनिधिहरूले पानीको महत्व र सरसफाईप्रति सचेत रहन आग्रह गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...