15 October ,2025,Wednesday

जनता समाजवादी पार्टी, पर्सा जिल्ला समितिद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला समितिद्वारा आज बुधबार, असोज २९ गते वीरगंजस्थित टाउन हलमा एक भव्य “अगुवा कार्यकर्ता भेला कार्यक्रम” सम्पन्न गरिएको छ।

कार्यक्रमका मुख्य अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व नेपाल खानेपानी मन्त्री हुनुहुन्थ्यो। उहाँले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा जनतामुखी नीति निर्माणमा कार्यकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउँदै पार्टी एकता, अनुशासन र जनसेवामा केन्द्रित रहन सबैलाई आह्वान गर्नुभयो।

भेलामा विशिष्ट अतिथिका रूपमा जसपाका केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, पार्टीका केन्द्रीय सदस्यहरू पुरूषोत्तम लाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अंसारी, सलमा खातुन, मधु माया यादव, जिल्ला समन्वय समितिका पूर्व प्रमुख नेक महम्मद अंसारी, संघीय परिषद् सदस्य मुकेश दिवेदी, तवरेज अहमद, मधेश प्रदेशका उपाध्यक्ष प्रेम बाबु पटेल लगायत वडाअध्यक्षहरू र अन्य विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम जसपा पर्सा जिल्ला अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न गरिएको हो। अध्यक्षले स्वागत मन्तव्य दिंदै हालको राजनीतिक परिवेशमा जसपा संगठनलाई जनस्तरमा अझ सुदृढ र सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले स्थानीय समस्याहरूको समाधान र जनतामुखी नीति कार्यान्वयनका लागि पार्टीले सक्रिय अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्ने वक्ताहरूले जनता समाजवादी पार्टी देशको सामाजिक न्याय, समानता र समृद्धिको पक्षधर रहेको उल्लेख गर्दै मधेश र देशभरका जनतालाई सशक्त र स्वावलम्बी बनाउन सबै कार्यकर्ताले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

भेलामा पार्टीको आगामी कार्यक्रम, संगठन विस्तार, स्थानीय समस्या समाधान, युवा परिचालन तथा जनसेवासम्बन्धी योजनामा विस्तृत छलफल गरिएको थियो। सहभागी कार्यकर्ताहरूले पार्टीको नीतिप्रति पूर्ण आस्था व्यक्त गर्दै संगठन सुदृढीकरण र जनसेवामा निरन्तर योगदान दिने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...