16 October ,2025,Thursday

पर्सामा जनमत पार्टीको सक्रियता तीव्र, टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन

अभिलाष गुप्ता

वीरगंज, ३० असोज । जनमत पार्टी पर्साले संगठन सुदृढीकरणका लागि हाल पर्सा जिल्लाका विभिन्न गाउँपालिका, वडाहरू र टोल–टोलमा ‘जेन्जी जनमत संघ’ गठन अभियानलाई तीव्रता दिएको छ। पार्टीले युवाहरूलाई लक्षित गर्दै संगठन विस्तारसँगै वडा स्तरीय जेन्जी मतदाता दर्ता अभियान पनि सँगसँगै सञ्चालन गरिरहेको छ।

पार्टीका युवा दस्ता जिल्ला अध्यक्ष मनोज साहका अनुसार हालसम्म वीरगंज महानगरका ६ वटा वडा र ग्रामीण पालिकाका ७ वटा वडामा जेन्जी जनमत संघ गठन भइसकेको छ। उनका अनुसार आगामी कार्तिक महिनाभित्रै पर्साका सबै वडामा जेन्जी जनमत संघ तथा युवा दस्ता गठन गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ।

यसैबीच, जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ ले भने, “पार्टीले वीरगंज महानगरपालिकासहित जिल्लाका सातवटै स्थानीय तहमा जेन्जी मतदाता दर्ता अभियान सुरु गरेको छ, जसमा युवाहरूको उल्लेखनीय उत्साह देखिएको छ।

प्रदेश सदस्य बृजेस्वर चौधरीले भने, “जगरनाथपुर गाउँपालिका लगायतका ग्रामीण क्षेत्रमा चलिरहेको जेन्जी मतदाता अभियानमा युवाहरूको सक्रिय सहभागिता उत्साहजनक छ, जसले जनमत पार्टीको जनस्तरमा पकड अझ मजबुत बनाउँदै छ।

पार्टीका नेताहरूका अनुसार, यो अभियानमार्फत आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ पुस्तामा जनमत पार्टीको राजनीतिक विचारधारा फैलाउने र संगठन विस्तारमार्फत स्थानीयस्तरमा सक्रिय नेतृत्व तयार गर्ने उद्देश्य लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...