16 October ,2025,Thursday

वीरगंजमा पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता हुने

अभिलाष गुप्ता

वीरगंज, ३० असोज । चित्रांश यूथ टिम वीरगंजको आयोजनामा तथा चित्रगुप्त समिति वीरगंजको प्रस्तुतिमा “पहिलो कायस्थ सुपर सिक्स नॉकआउट प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ।

आज वीरगंजमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका संयोजक प्रकाश कर्ण, मिहिर कर्ण, महेश दास र राजन श्रीवास्तवले प्रतियोगिता सम्बन्धी विस्तृत जानकारी दिएका छन्।संयोजकहरुले जनाएका अनुसार उक्त प्रतियोगिता कार्तिक ७ गते बिहान ७ बजेबाट वीरगंजको ज्ञानदा एकेडेमीको मैदानमा सुरु हुनेछ।

कार्यक्रममा वीरगंज महानगरपालिकाको सहयोग रहनेछ। यो प्रतियोगिता सुपर सिक्स नॉकआउट प्रारूपमा खेलाइनेछ, जसअन्तर्गत कुल १० टिमहरू सहभागी हुनेछन्। प्रत्येक खेल ५ ओभरको हुनेछ र सम्पूर्ण प्रतियोगिता एकै दिनमा सम्पन्न गरिने योजना रहेको संयोजकहरूले बताएका छन्।

पत्रकार सम्मेलनपछि सहभागी टिमहरूका खेलाडीहरूको अक्सन (किनबेच प्रक्रिया) समेत सम्पन्न गरिने जानकारी पनि दिइएको छ।
यस प्रतियोगिताको उद्देश्य युवाबीच आपसी सहयोग, खेलप्रतिको रुचि र सामाजिक एकता अभिवृद्धि गर्नु रहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...