17 October ,2025,Friday

आईज नेपालको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ३० असोज । अपाङ्गता भएका व्यक्तिहरुको हितका लागि कार्यरत संस्था आईज नेपाल (EYES Nepal) द्वारा आयोजना गरिएको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ नारायण सुवेदी तथा विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल रहेका थिए। प्रमुख अतिथि सुवेदीले आईज नेपालले दृष्टिबिहिन तथा अन्य अपाङ्गता भएका बालबालिकाको जीवनस्तर सुधारका लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै निरन्तर यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए।

सभाको अवसरमा दृष्टिबिहिन बालबालिकाहरुलाई ब्याग तथा शैक्षिक सामग्री वितरण पनि गरिएको थियो। यस वितरण कार्यक्रममार्फत विद्यालय जाने बालबालिकालाई अध्ययनमा सहजता र आत्मबल वृद्धि हुने विश्वास लिइएको छ।

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाई, समाजसेवी ओम प्रकाश सराफ, मीरा जयसवाल, सरस्वती सिंह, शशीलता गिरी, शुशिला भण्डारी, उषा साह लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

संस्थाकी अध्यक्ष रुपशिला जैसवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, अभिभावक तथा बालबालिकाको उत्साहजनक सहभागिता देखिएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष जैसवालले संस्थाले अपाङ्गता भएका बालबालिकाको शिक्षा, आत्मनिर्भरता र समान अवसर सुनिश्चित गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...