अभिलाष गुप्ता
वीरगंज ३१ असोज । वीरगंज महानगरपालिका वडा नं. १६ बसपार्कस्थित पर्सा मदिरा व्यवसायी संघ (Parsa Liquor Entrepreneurs Association) को कार्यालय एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ।
कार्यक्रमका मुख्य अतिथि वीरगंज साइक्लिङ क्लबका अध्यक्ष सञ्जय अग्रवाल रहेका थिए। अग्रवालले रिबन काटी कार्यालयको उद्घाटन गर्दै संघले जिल्लाको मदिरा व्यवसायलाई व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा संघको सञ्चालक समिति पनि औपचारिक रूपमा घोषणा गरिएको छ। जसमा अध्यक्ष: चिनीलाल पटेल, उपाध्यक्ष: सन्दीप कुमार गुप्ता, महासचिव: प्रदीप कुमार लोहार, सचिव: रजनीश कुमार, कोषाध्यक्ष: राकेश कुमार साह,सदस्यहरू: मनीष प्रसाद कलवार, अनिल कुमार चापागाई, राम कुमार यादव र रजित जयसवाल रहेका छन्। त्यसैगरी, प्रेस सल्लाहकारमा सन्तोष पटेल रहेका छन्।
संघका अध्यक्ष चिनीलाल पटेलले संघको मुख्य उद्देश्य जिल्लाभित्रका मदिरा व्यवसायीहरूलाई एकजुट गरी व्यवसायमा पारदर्शिता र अनुशासन ल्याउने रहेको बताए।उपाध्यक्ष सन्दीप गुप्ताले संघले व्यापारसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निभाउने बताए।
कार्यक्रममा विभिन्न व्यवसायी, समाजसेवी र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अन्त्यमा महासचिव प्रदीप कुमार लोहारले सबै अतिथी र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको जानकारी दिए।