18 October ,2025,Saturday

सामुदायिक प्रहरी सेवा कुम्हालटोलद्वारा वडा प्रहरी प्रमुख निरोज चौलागाईंलाई बिदाई

अभिलाष गुप्ता

वीरगंज ३१ असोज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलले वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंलाई एक विशेष समारोहका बीच बिदाई गरेको छ।

सामुदायिक प्रहरी सेवा कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा सचिव श्रवन बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी, सामाजिक अगुवा, सञ्चारकर्मी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा कंचनजंधा स्कुलका निर्देशक माटिन मोक्तानले स्वागत मन्तव्य ब्यक्त गरेका थिए।उक्त कार्यक्रममा मुनलाईट स्कुलका संचालक श्याम केसिले पनि आफ्नो स्कुलको तर्फ बाट मायाको चिनो दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रहरी निरीक्षक चौलागाईंले आफ्नो कार्यकालमा समुदायसँग नजिकिएर काम गरेको, स्थानीय समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गरेको र प्रहरी–नागरिक सहकार्यलाई सुदृढ बनाउन योगदान पुर्‍याएको भन्दै प्रशंसा गरेका थिए।

समारोहमा चौलागाईंलाई खादा, टीका र मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरिएको थियो।उहाँको काठमाडौं अपराध महाशाखामा सरुवा भएको अवसरमा सहभागीहरूले उहाँको भावी कार्यकाल सफल र प्रगतिशील रहोस् भन्ने शुभकामना व्यक्त गरे।

अध्यक्ष चौधरीले भने, “निरोज सरले सामुदायिक प्रहरी अवधारणालाई व्यवहारमा उतार्न महत्वपूर्ण योगदान दिनुभयो। उहाँको नेतृत्वमा समुदाय र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बन्यो।”

कार्यक्रमको अन्त्यमा बिदाइ हुने प्रहरी निरीक्षक चौलागाईंले समुदायबाट प्राप्त स्नेह र साथप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि प्रहरी सेवामार्फत समाज र देशको हितका लागि निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...