18 October ,2025,Saturday

वीरगंज समाज सेवाद्वारा ६५औ निःशुल्क भोजन कार्यक्रम

वीरगंज, १ कात्तिक । वीरगंज समाज सेवाले नारायणी अस्पतालमा लगातार ६५ औं साप्ताहिक निशुल्क भोजन कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार बिहान ९.३० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा भएको निशुल्क भोजन सेवा कार्यक्रममा अस्पतालमा उपचाररत बिपन्न बिरामीहरू, कुरूवाहरू, असहायहरूको साथै रिक्सा,ईरिक्सा चालकहरू, यात्री बटुवाहरूलाई घरमा बनाएको जस्तो सफा, शुद्ध र गुणस्तरीय पोषिलो भोजन खुवाइएको थियो । भोजन शिविरमा भात, दाल, आलु परवलको तरकारी र हरियो खुर्सानीको अचार वृद्ध, महिला, बच्चाहरूलाई बोलाएर थपी थपी खुवाइएको थियो । कार्यक्रममा समाजका पदाधिकारीहरूमा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिव प्रकाश बाहेती, सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...