22 October ,2025,Wednesday

गहवा माई मन्दिरमा सरसफाइ अभियान सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०४ कार्तिक। वीरगंज महानगरपालिका स्थित ऐतिहासिक एवं धार्मिक स्थल गहवा माई मन्दिर प्राङ्गणमा बृहत सरसफाइ अभियान सम्पन्न गरिएको छ। वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गरिएको सो अभियानमा स्थानीय वासिन्दा, समाजसेवी, युवा तथा प्रहरीको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको नेतृत्व वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीले गरेका थिए। उनका नेतृत्वमा गएका प्रहरी जवानहरुले सक्रिय रूपमा सहयोग पुर्‍याएका थिए। भर्खरै मात्र सरुवा भई आएका प्रहरी निरीक्षक सुवेदीको सक्रियता, जनमुखी व्यवहार र समुदायसँगको नजिक सम्बन्धले स्थानीयवासीबीच सकारात्मक सन्देश पुगेको छ। उहाँको कार्यप्रति आम जनमानस सन्तुष्ट र उत्साहित देखिएका छन्।

अभियानको अध्यक्षता हेल्प टुगेदर फाउण्डेशनका अध्यक्ष रिशु कुमार बर्माले गरेका थिए भने कार्यक्रमका प्रमुख सहसंयोजक तथा सल्लाहकार अमर सर्राफ थिए।फाउण्डेशनका सदस्यहरु अर्जुन गुप्ता, अभिनय कुमार, राजा गुप्ता लगायतका सदस्य तथा स्वयंसेवकहरुले मन्दिर वरिपरि रहेका फोहरमैला हटाउँदै सम्पूर्ण परिसरलाई सफा र आकर्षक बनाएका थिए।

कार्यक्रमको क्रममा सहभागीहरुले सरसफाइसँगै धार्मिक स्थलको संरक्षण र समुदायिक उत्तरदायित्वबोध सम्बन्धी सन्देशसमेत दिएका थिए। उनका अनुसार यस प्रकारका अभियानले “सफा सहर, स्वस्थ जीवन” अभियानलाई बल मिल्ने र स्थानीय जनतामा सरसफाइको महत्त्वबारे सचेतना फैलाउने विश्वास गरिएको छ।

हेल्प टुगेदर फाउण्डेशनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सार्वजनिक हितका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। त्यस्तै वडा प्रहरी कार्यालय विर्ताले पनि समुदायसँग सहकार्यमा अपराध नियन्त्रण र सामाजिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...