अभिलाष गुप्ता
वीरगंज, ०७ कार्तिक । वीरगंज युवा समाजले छठ पुजा गर्ने बिपन्न बरतालुहरुलाई आज एक कार्यक्रम बिच छठको पुजन सामग्री वितरण गरेर कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । बिरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षता भएको कार्यक्रममा वीरगंज क्षेत्रका विभिन्न २५ अति विपन्न छठ बरतालुहरुलाई साड़ी, नरिवल, केरा, स्याऊ, बतासा, अगरबत्ती, सलाई, अगर्पत्ता र सिंदूर एउटा सुपलीमा सजाएर वितरण गरिएको थियो ।
सो अवसरमा समाजका अध्यक्ष थापाले तराईवासीको महान पर्व छठले संस्कृति संस्कारको साथै आपसी एकता, सद्भाव तथा भाइचारालाई थप बलियो बनाउदै लग्ने भएकोले पर्वको मर्म अनुसार आर्थिक समस्याको कारणले छठ पुजा गर्ने जो कोहि पनि वरतालु छठ पुजा गर्न बाट बंचित न होस् भन्ने उद्देश्य ले यो कार्यक्रम गरेको बताए ।
सम्पूर्ण देशवासीमा छठ पर्वको शुभकामना दिदै हाम्रो सानो सहयोगले वरतालुको मुहारमा मुस्कान देख्न पाउनु नै हामीले गरेको कार्यक्रमको उपलब्धि हो उहाँले थपे । समाजका सदस्य कमलेश सर्राफको संजकत्वमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, पर्सा जिल्ला फ़ुटबल संघका अध्यक्ष रोशन गुप्ता, पब्लिक टेक फॉउंडेशनका अध्यक्ष महावीर जैसवाल, सदस्यहरु सुशील श्रेष्ठ, सुदेश लाखे, मंटु सिंह राजपूत, अस्मिता थापा, काजल कोइराला, पुष्पराज कोइराला, सुमन पौडेल, मनोज गुप्ता, सुशील सिंह, राजु गुप्ता, बिजित सोनी लगायतको सहभागिता रहेको थियो ।


