26 October ,2025,Sunday

घडिअर्वा पोखरी छठघाटमा कडा सुरक्षा तयारी

वीरगंज, ८ कात्तिक । वीरगंज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरी छठघाटमा भक्तजनहरूको भीड व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय पर्सा र सुरक्षा निकायहरूले पूर्ण सुरक्षा तयारी गरेको बताएका छन् । शनिवार घडिअर्वा छठपूजा व्यवस्थापन समितिद्वारा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्ला स्तरीय सुरक्षा प्रमुखहरूले सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन तथा आकस्मिक उद्धारका लागि प्रभावकारी योजना लागू गर्ने निर्णय गरेका हुन। समितिका अनुसार यस वर्ष करीब १ लाख ५० हजारभन्दा बढी श्रद्धालुहरू छठ पूजा गर्न घडिअर्वा पोखरीमा आउने अनुमान गरिएको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले भीड व्यवस्थापनलाई सर्वाधिक प्राथमिकता दिइएको बताउँदै जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिए। प्रहरी उपरीक्षक सुदीपराज पाठकले स्वयंसेवकहरूसँग समन्वय गर्दै पोखरी परिसरमै एक प्रहरी अधिकृतको नेतृत्वमा कन्ट्रोल रूम स्थापना गरिने बताए। उनले २० भन्दा बढी सीसीटीभी क्यामेरा जडान गरी निगरानी गरिने बताए । सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले पोखरीको जल क्षेत्रलाई ध्यानमा राख्दै मोटरेबल बोटसहितको सुरक्षा टोली, महिला सुरक्षाकर्मी र गोताखोरहरू समेत तयारी अवस्थामा रहने जानकारी दिए। छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले विगतका अनुभवका आधारमा यस पटक सजगता र सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाइएको बताए। सुरक्षा उपसमितिकी मुना साहले घडिअर्वा स्पोट्र्स क्लबका ६० जना प्रशिक्षित स्वयंसेवकहरू खटाइने जानकारी दिइन। प्रभाकर गुप्ताले छठघाट नजिकै एम्बुलेन्स, दमकल तथा प्राथमिक उपचार केन्द्र पनि उपलब्ध गराइने बताए। बैठकमा नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, वडा प्रतिनिधि, ट्राफिक प्रहरी, स्थानीय प्रहरी, क्लब पदाधिकारी र सञ्चारकर्मीहरूको उपस्थितिमा सुरक्षा योजना अन्तिम रूप दिइएको थियो।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...