26 October ,2025,Sunday

छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज ०८ कार्तिक । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको शुभ पावन अवसरमा ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा, वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रम कार्तिक ८ गते (शनिबार) श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगंज–१६, नगवाको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर बिजय सरावगी रहेका थिए।
कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगंज शाखा वडा नं।–१६ नगवाका अध्यक्ष बिश्वनाथ प्रसाद चौरसियाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सुरेन्द्र कानुले गर्नुभएको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानको प्रशंसा गर्दै समाजमा उनीहरूको अनुभव र मार्गदर्शनले नयाँ पुस्तालाई प्रेरणा दिने बताएका थिए। सो अवसरमा बोल्ने वक्ताहरूले पर्सा जिल्लामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको दाबी गर्दै यसलाई आगामी वर्षहरूमा अझै व्यापक बनाउने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्दै छठ पर्वको मंगलमय शुभकामना आदान–प्रदान गरिएको थियो। उक्त अवसरमा उपस्थित अतिथिहरूले छठ पर्वले समाजमा आस्था, एकता र सद्भाव बढाउने सन्देश दिने बताएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...