26 October ,2025,Sunday

जनमत नेतृ कंचन गुप्ताको सौजन्यमा वीरगंजमा ब्रतालुलाई साडी र पूजाका सामग्री वितरण

अभिलाष गुप्ता

वीरगंज, ०८ कार्तिक । जनमत पार्टी वीरगंज महानगरपालिका वडा नं. ८ वडा इकाई समितिको आयोजनामा तथा पार्टी जिल्ला सदस्य कंचन गुप्ताको सौजन्यमा आज छठ पर्वको पावन अवसरमा वडा स्तरीय शुभकामना आदानप्रदान तथा सामग्री वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।

कार्यक्रम अन्तर्गत ३१ जना ब्रतालु महिलाहरुलाई साडी, नारिवल र पूजाका सामग्रीहरू उपहार (कोशेली) स्वरूप वितरण गरिएको जनमत पार्टीले जानकारी दिएको छ।

कार्यक्रममा बोल्दै जनमत पार्टी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले छठ पर्व केवल धार्मिक आस्थाको पर्व नभई सामाजिक एकता, बैज्ञानिक, सहिष्णुता र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गरे। उनीहरूले यस पर्वले समाजमा पारस्परिक सद्भाव, सहयोग र आस्थाको वातावरण सुदृढ गर्ने र मौलिकता तथा प्रकृतिको संरक्षणमा महत्त्वपूर्ण भुमिका यो पर्वको रहेको बताए।

कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रीय सदस्य बिध्यलाल प्रसाद, र श्याम गुप्ताको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी वडा इकाई अध्यक्ष रामजी रौनियार, युवा दस्ता जिल्ला अध्यक्ष मनोज साह, तथा नेताहरू निरन्जन कुशवाहा, रोहित पटेल लगायतको सक्रिय सहभागिता पनि रहेको थियो।

जिल्ला सदस्य कंचन गुप्ताले ब्रतालुहरुलाई सहयोग गर्न पाउनु गर्वको कुरा भएको बताउँदै, जनमत पार्टी सधैं समाज, संस्कार र सेवामूलक कार्यमा अग्रणी रहेको बताइन्। उनले महिला सशक्तीकरण र सांस्कृतिक संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय अगुवा, महिला समूहका प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले छठ पर्वको सफल समापनको शुभकामना आदानप्रदान गर्दै एकआपसमा धार्मिक एकता र सौहार्दको सन्देश प्रवाह गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...