26 October ,2025,Sunday

छठ पर्वको तयारी अन्तर्गत छपकैया छठघाटमा सरसफाइ अभियान सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०८ कार्तिक। लोक आस्था र श्रद्धाको महान पर्व छठलाई लक्षित गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाद्वारा आज बिहान छठघाटमा बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ।

यस अभियानमा वीरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष श्री महमद रेयाज मियाको सक्रिय नेतृत्व र सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा वडा अध्यक्ष मियासँगै सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका संयोजक हाजी डा। ग्यासुदिन मिया ठकुराई, वडा सदस्यहरू, समाजसेवी, स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय उपस्थिति थियो।

अभियान अन्तर्गत छठघाट तथा आसपासका क्षेत्रहरूमा फोहर व्यवस्थापन, घाँस–झार सफाइ, पानीको निकास सुधार, र घाटको सजावटजस्ता कार्यहरू गरिएका थिए। सहभागीहरूले सामूहिक प्रयासमार्फत घाटलाई स्वच्छ, आकर्षक र भक्तिपूर्ण वातावरणमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।

वडा अध्यक्ष महमद रेयाज मियाले सरसफाइको महत्वबारे सम्बोधन गर्दै भने छठ पर्व हाम्रो धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतीक हो। यस पर्वमा स्वच्छता सबैभन्दा महत्वपूर्ण पक्ष भएकाले हामी सबै मिलेर घाट सफा र सुरक्षित बनाउन जुटेका हौं।

उनीले स्थानीय बासिन्दा, स्वयंसेवक र प्रहरी सेवा केन्द्रलाई धन्यवाद ज्ञापन गर्दै छठ पर्वलाई मर्यादित, स्वच्छ र सफल बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको पनि बताए।

अभियानमा सहभागी स्थानीय बासिन्दाहरूले सरसफाइ कार्यप्रति खुशी व्यक्त गर्दै यस्तो पहलले वीरगंजमा धार्मिक स्थलहरूको सौन्दर्य र आस्था दुवैलाई सुदृढ बनाउने बताएका थिए।

यसैबीच, सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका संयोजक हाजी डा। ग्यासुदिन मिया ठकुराईले पनि आगामी दिनमा यस्ता सामाजिक तथा सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै छठ पर्वको सफलताको शुभकामना दिइएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...