26 October ,2025,Sunday

“तराजु केवल तौल देखाउँछ, गुणस्तर होइन” : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण ०८ कार्तिक । “यदि संसारले तपाईंलाई अचम्मको व्यक्ति ठान्छ भने कुनै कुरा छैन, किनभने हरेक व्यक्ति फरक हुन्छ, र सबैजना कसैको नजरमा अचम्मकै लाग्छन्। तपाईं खुसी भएर अचम्म हुनुहुन्छ वा दुःखी भएर — त्यो निर्णय तपाईंले नै गर्नुपर्छ।” उक्त विचारहरू लायन्स क्लब अफ रक्सौलका अध्यक्ष, सञ्चार प्रभारी तथा समाजसेवी लायन बिमल सर्राफले व्यक्त गरेका हुन्।

सर्राफका अनुसार, “हामी हाम्रो धेरै ऊर्जा निरर्थक कुरा बोल्नमा खर्च गर्छौं। त्यसैले व्यर्थ कुरा नगरी, जहाँ आवश्यक हो त्यहीँ मापन गरेर बोल्नुपर्छ। व्यर्थ बोलाइ प्रभावशाली हुँदैन, तर सोचेर र सन्तुलित रूपमा बोलेको कुरा सधैं प्रभाव पार्छ।”

उनले थपे, “इमानदारीलाई कुनै साज–श्रृंगारको आवश्यकता हुँदैनस सादगी, सत्यता र सरलता नै यसको असली सौन्दर्य हो। बेइमान मानिस आफ्ना दोषहरू अरूभन्दा बढी आफूबाट नै लुकाउँछ।”

सर्राफले भने, “जब मानिसको आवश्यकता पूरा हुन्छ, उसको बोल्ने ढङ्ग नै बदलिन्छ। हाम्रो अहंकार र क्रोध त्यस्ता हतियार हुन्, जसका पहिलो शिकार हामी आफैं बनौंछौं। यस शिकारबाट बच्नुपर्छ।”

उनले जोड दिए, “सबै मानिसले हामीलाई बुझून् भन्ने जरुरी छैन, किनभने तुला केवल तौल देखाउँछ, गुणस्तर होइन।”

उनका अनुसार, “मानवीय सम्बन्धमा सबैभन्दा ठूलो गल्ती हामी आधा कुरा सुन्छौं, चौथाई बुझ्छौं, केही सोच्दैनौं तर प्रतिक्रिया दोब्बर दिन्छौं।”

सर्राफले भने, “वरिपरिका मानिसहरूलाई बदल्नु हाम्रो हातमा छैन, तर हामी कसको वरिपरि रहन्छौं भन्ने निर्णय हाम्रो हातमा छ। यदि तपाईं आफ्ना संस्कारहरू परिवर्तन गर्न चाहनुहुन्छ भने हरेक कदममा सकारात्मकता सँगै लिनुहोस्, परिवर्तन अवश्य हुनेछ।”

अन्त्यमा उनले सन्देश दिँदै भने, “यदि तपाईं चाहनुहुन्छ कि तपाईंको कुरा छिट्टै ईश्वरसम्म पुगोस् भने गुनासो गर्नेहरूको पंक्तिमा होइन, धन्यबाद गर्नेहरूको लाइनमा उभिनुहोस्। गुनासो गर्नेहरूको लाइन लामो छ, तर धन्यवाद गर्नेहरूको सानो — त्यसैले तपाईंको पालो छिट्टै आउँछ। ईश्वरको खाता बहीमा सुख र दुःखको बाँडफाँड पूर्ण इमानदारीका साथ गरिएको हुन्छ — न बढी सुख, न बढी दुःख। उहाँ समय–समयमा परीक्षा लिन्छन् ताकि मानव आफ्नो कर्मप्रति सचेत रहोस्।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...