15 July ,2026,Wednesday

महिलाको नेतृत्वका लागि अभियान : दुई दिने छलफल कार्यक्रमको पहिलो दिन सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १५ कार्तिक । “महिलाको नेतृत्वका लागि अभियान बन्ने” मूल नाराका साथ दलित महिला संघ वीरगंज–पर्साले आयोजना गरेको दुई दिने प्रदेश स्तरीय महिला संजालसँगको छलफल कार्यक्रमको पहिलो दिन आज होटल बीरगंज गेटवे, पर्सामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका गरी ३० जना प्रदेशस्तरीय महिला नेतृ तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ वीरगंज, पर्साकी अध्यक्ष निला रामले गरेकी थिइन् भने विशिष्ट अतिथि बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह रहेका थिए ।

कार्यक्रममा सहभागी महिलाहरूले प्रदेश र स्थानीय तहमा महिलाको राजनीतिक, सामाजिक र आर्थिक नेतृत्व सुदृढ गर्न आवश्यक नीति, कार्यक्रम र रणनीति सम्बन्धी विचार–विमर्श गरेका थिए ।

अध्यक्ष निला रामले कार्यक्रममा बताइन् दलित महिलाहरूले आफ्नो हक, अधिकार र पहिचानका लागि अझ सशक्त रूपमा अघि बढ्न आवश्यक छ। महिलाको नेतृत्व बिना समावेशी विकास सम्भव छैन, त्यसैले यो छलफल अभियानको रूपमा अघि बढाइनेछ ।

दुई दिने यो छलफल कार्यक्रम Women’s Fund Asia को सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रम भोलि आइतबार (कार्तिक १६ गते) समापन हुने आयोजक संघकी अध्यक्ष निला रामले जानकारी दिइन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...