15 July ,2026,Wednesday

“सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत नेपोभिट स्याहार केन्द्र उद्घाटन

अभिलाष गुप्ता

वीरगंज, २२ कार्तिक । संयुक्त राष्ट्रसंघका चार संस्थाको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंले नेउवा महासंघ मधेश प्रदेशसँगको सहकार्यमा सञ्चालन गरेको “सशक्त महिला समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत आज वीरगंजमा समीक्षा बैठक तथा नेपोभिट स्याहार केन्द्र उद्घाटन गरिएको छ।

नेपाल सेरामिक प्रा.लि. अन्तर्गत रहेको नेपोभिट टायल्समा स्थापना गरिएको स्याहार केन्द्रको उद्घाटन महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी र नेपोभिटका अध्यक्ष/प्रोप्राइटर शम्भुनाथ झाले संयुक्त रूपमा गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष टेमानीले स्याहार केन्द्र स्थापनाको पहलका लागि नेपोभिटलाई धन्यवाद दिँदै जापानमा अध्ययनको क्रममा उद्योग र रेल्वे स्टेसनमा यस्ता केन्द्रहरू देखेको स्मरण गर्नुभयो। उनले भने, “जापानले दशकौँअघि सुरु गरेको अभ्यास हामी अहिले अपनाउँदैछौं, नेपोभिटको यो कदम उदाहरणीय छ।”

त्यसैगरी, शम्भुनाथ झाले यो स्याहार केन्द्रलाई उद्योगमा कार्यरत महिलाहरूका लागि सहयोगी वातावरण निर्माण गर्ने एउटा महत्वपूर्ण सुरुवात बताउँदै यसको निरन्तर प्रवर्द्धनमा जोड दिनुभयो।

उद्घाटनपछि सम्पन्न समीक्षा बैठकमा अध्यक्ष टेमानीकै अध्यक्षतामा मधेश प्रदेशमा सञ्चालन भएका कार्यक्रमहरूको मूल्यांकन, भावी रणनीति र साझेदारीका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै संघको हेल्पडेस्कलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। त्यसैगरी, वीरगंज महानगरपालिकाका प्रतिनिधिले निजी क्षेत्रले मधेशमा स्याहार र औपचारिकिकरणमा गरेको योगदानको प्रशंसा गर्दै हेल्पडेस्कको दिगोपनाका लागि उद्योग संगठनहरूले महानगरसँग मिलेर काम गर्न सुझाव दिनुभयो।

कार्यक्रममा महासंघका सहायक निर्देशकले प्रस्तुति दिनुभएको थियो भने कार्यक्रमको संयोजन डा. वासुदेव लाल कर्णले गर्नुभएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...