8 November ,2025,Saturday

मनको भय प्रगतिको सबैभन्दा ठूलो अवरोध : विमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण २२ कार्तिक । मानव प्रगतिमा यदि कुनै सबैभन्दा ठूलो अवरोध हुन्छ भने त्यो भय (डर) हो। भयका रूपहरू विभिन्न र असंख्य हुन सक्छन्। भय एउटा यस्तो भावना हो जसले हाम्रो शरीर र मन दुवैमा नकारात्मक प्रभाव पार्छ।
उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता लायन विमल सर्राफले पत्रकारहरूसँगको कुराकानीमा व्यक्त गर्नुभयो।

उनका अनुसार, भयले हाम्रो व्यक्तित्वका सबै सम्भावनाहरू नष्ट गरिदिन्छ, जसका कारण व्यक्ति यति निर्बल बन्छ कि उसले सामान्य कामसमेत गर्न सक्दैन। भयको अवस्थामा व्यक्ति उचित–अनुचितको भेद गर्न सक्दैन, किनभने भयले उसको मन–मस्तिष्कलाई अवरुद्ध गर्छ, जसले गर्दा ऊ सही निर्णय लिन असमर्थ हुन्छ।

सर्राफका अनुसार, “भय सबैलाई लाग्छ, तर वास्तवमा भय चेतावनीस्वरूप आउँछ, ताकि हामी कठिन परिस्थितिहरूको सामना गर्न तयार हुन सकौं। तर जब मानिसलाई बिना कारण हरेक कुरामा डर लाग्न थाल्छ, त्यही भय घातक बन्छ।”

भय त्यस्तो भावना हो जसलाई अस्वीकार गर्नै पर्छ, किनभने भयले भयकै विषयलाई आकर्षित गर्छ। भयका कारण दुई प्रकारका हुन्छन् — बाह्य (ब्राह्य) र आन्तरिक।
बाह्य भय परिस्थितिजन्य हुन्छ, जसको कारण प्रत्यक्ष देखिन्छ, जसबाट सबैलाई स्वाभाविक रूपमा डर लाग्न सक्छ ताकि हामी त्यस परिस्थितिबाट निबट्न सकौं। तर आन्तरिक भय प्रायः काल्पनिक हुन्छ, जुन अज्ञानताबाट उत्पन्न हुन्छ।

बाह्य भयभन्दा आन्तरिक भय अझ बढी घातक हुन्छ, किनभने बाह्य भयको कारण प्रत्यक्ष भएकाले त्यसको सामना गर्न सकिन्छ वा सहयोग पनि पाउन सकिन्छ, तर आन्तरिक भय अप्रत्यक्ष र काल्पनिक हुन्छ, जसले मानिसलाई भित्रभित्रै कमजोर र खोक्रो बनाइदिन्छ।

अन्त्यमा सर्राफले भने, “मानव एक विवेकशील प्राणी हो, त्यसैले मनलाई सधैं प्रसन्नचित राख्नुपर्छ र भयबाट आक्रान्त हुन दिनु हुँदैन।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...