spot_img

20 February ,2026,Friday

मधेस प्रदेशमा सरकार गठनका लागि आह्वान गर्न आग्रह

जनकपुरधाम, २३ कात्तिकः नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ ।
प्रदेश प्रमुख कार्यालयमा आज कांग्रेस, जसपा नेपाल, जनमत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका दलका नेता तथा सांसदहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको हो ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले कांग्रेसहित सात दलको ८० भन्दा बढी सांसद बहुमत सरकारको पक्षमा रहेकाले उपधारा २ बमोजिम नै सरकार गठनका लागि आग्रह गरिएको बताउनुभयो ।
प्रदेश प्रमुख भण्डारीले यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउनुभयो । “यो विषयलाई प्रदेश प्रमुखले अत्यन्त गम्भीरतापूर्वक र सकारात्मक रुपमा लिनुभएको छ । दलहरुको सहमतिका आधारमा संविधानको मर्म र भावनाअनुसार नै हामी निर्णयमा पुग्छौँ,” प्रदेश प्रमुखको जवाफ निवर्तमान मुख्यमन्त्री सोनलले सुनाउनुभयो ।
मधेस प्रदेशसभामा हाल कांग्रेसका २२, जसपाका १८, जनमतका १३, माओवादी केन्द्रका नौ, लोसपाका आठ, एकीकृत समाजवादीका सात र नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य छन् ।
मधेसमा गत असोज २९ मा ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता सोनल विश्वासको मत नपाउने देखेपछि सदनमै राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भइसकेको छ । प्रदेश प्रमुखले अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छैन ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल