15 July ,2026,Wednesday

जनमत पार्टीद्वारा वीरगंजमा विरोध प्रदर्शन

अभिलाष गुप्ता

वीरगंज, २५ कार्तिक । मधेस प्रदेशमा प्रदेश प्रमुखले उठाएको असंवैधानिक कदम र नव–नियुक्त मुख्यमन्त्रीको गैर–संवैधानिक नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले वीरगंज घण्टाघरमा विरोध प्रदर्शन गरेको छ।

विरोध प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी समेत भएको थियो। प्रदर्शनको नेतृत्व जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए।

उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनरायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, साथै नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पञ्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायत सयौं नेता–कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले संघीयता माथिको प्रहार कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनले गैर–संवैधानिक निर्णय फिर्ता नलिए सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।

जनमत पार्टीले यस घटनालाई संघीयता र लोकतान्त्रिक मूल्य–मान्यता माथिको प्रत्यक्ष प्रहारको रूपमा लिएको छ। पार्टीका नेताहरूले संविधानको मर्मअनुसार प्रदेश सरकार सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...