26 December ,2025,Friday

नेशनल मेडिकल कलेज र विश्रामपुर गाउँपालिकाबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता सम्पन्न 

वीरगंज, २५ कार्तिक । नेशनल मेडिकल कलेज प्रा. लि. र विश्रामपुर गाउँपालिकाबीच आज एक महत्वपूर्ण स्वास्थ्य सेवा सम्बन्धी आपसी सम्झौता सम्पन्न भएको छ। वीरगंज–१५, पर्सास्थित नेशनल मेडिकल कलेजको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षका प्रतिनिधिहरूको उपस्थितिमा यो सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो बिश्रामपुर गाउँपालिका,प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केसरी तथा स्वास्थ शाखा प्रमुख अलि अकबर हुसेनको रोहबरमा सम्झौता सम्पन्न भएको हो । विश्रामपुर गाउँपालिकाका पाँच वटै वडाका वासीलाई नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट विशेष छुट र सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तर्फबाट प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा कलेजको तर्फबाट ईन्जिनियर प्रदीप चौधरी,प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत पप्पु सिंह र नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीको उपस्थिति रहेको थियो।

त्यसैगरी, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो। साथै, विश्रामपुर गाउँपालिका वडा न २ वडा अध्यक्ष मनोज यादव, कार्यपालिका सदस्य राजिन्द्र पाल, बिधालय ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्र साह ,न्यायीक समिति सदस्य मंजुर र आलम गाउँप्रहरी मुकतार आलम, संचारकर्मी जोतिलाल पंडितको समेत उपस्थिति रहेको थियो।

सम्झौताले अस्पताल र पालिका बीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ। स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहकार्यले संस्थागत सामाजिक उत्तरदायित्व, पारदर्शिता र दीर्घकालीन सम्बन्ध सुदृढ पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल