15 July ,2026,Wednesday

रक्सौल भाजपा जिल्ला महिला मोर्चाका अध्यक्ष प्रीति खण्डेलवालद्वारा मतदाताप्रति आभार

रक्सौल, पूर्वी चम्पारण २५ कार्तिक ।  भारतीय जनता पार्टी (भाजपा) जिल्ला महिला मोर्चाकी अध्यक्ष प्रीति खण्डेलवालले पुरुष तथा महिला मतदाताहरूले मतदानमा सक्रिय सहभागिता जनाएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।

खण्डेलवालले आफ्नी टिमका सदस्यहरू — मीतु गुप्ता, अनुराधा शर्मा, पार्वती तिवारी लगायतलाई ग्रामीण क्षेत्रमा गई सघन प्रचार–प्रसार कार्य सञ्चालन गरेकोका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँहरूको टोलीले गाउँ–गाउँ पुगेर महिलासँग संवाद गर्दै मतदानमा सहभागी हुन प्रेरित गरेको थियो।

उहाँले भन्नुभयो, “हामीले महिलामाझ जनचेतना फैलाउने कार्य गरेका थियौं, र आज मतदानको दिन महिलाहरूको उल्लेख्य सहभागिता त्यसको सकारात्मक परिणाम हो।”

प्रीति खण्डेलवालले थप बताउनुभयो कि महिलाहरू भाजपा नेतृत्वको सरकारले गरेका काम र नीतिबाट प्रभावित भई पार्टीको पक्षमा मतदान गरेको विश्वास आफूलाई लागेको छ। साथै, उहाँले बिहारमा राष्ट्रीय जनतान्त्रिक गठबन्धन (NDA)को सरकार बन्नेमा पूर्ण विश्वास रहेको बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...