13 November ,2025,Thursday

रामगढवा एकता युवा क्लबद्वारा “सेवा नै धर्म हो” भन्ने नाराका साथ खुला रक्तदान कार्यक्रम हुने

अभिलाष गुप्ता

वीरगंज, २६ कार्तिक । वीरगंज महानगरपालिका–२४, रामगढवास्थित रामगढवा एकता युवा क्लबले “रक्तदान जीवनदान, सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ एक खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबका अनुसार यो कार्यक्रम आगामी २०८२ साल कार्तिक २९ गते, शनिबार बिहान ७ बजेदेखि काशी विश्वनाथ कलोनी, रामगढवा, पर्सामा सञ्चालन गरिनेछ।

क्लबका पदाधिकारी त्रिलोकी पटेलका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय युवाहरूलाई सामाजिक सेवा र मानवतामूलक कार्यमा प्रेरित गर्नुका साथै रक्तदानको महत्वबारे जनचेतना फैलाउने रहेको छ। उनका अनुसार रक्तदान जस्तो सानो कार्यले पनि धेरैजना बिरामीहरूको जीवन बचाउन सक्ने भएकाले क्लबले सबै स्थानीय युवा तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

रक्तदान कार्यक्रमको सफलताका लागि क्लबले स्थानीय निकाय, स्वास्थ्य संस्था तथा विभिन्न सामाजिक संघ–संस्थासँग सहकार्य गरिरहेको छ। साथै, कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उपस्थिति रहने क्लबले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...