13 November ,2025,Thursday

गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा नवआगन्तुक नर्सिङ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २६ कार्तिक । वीरगंज महानगरपालिका–१४, पिपरा स्थित गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसमा अध्ययनरत नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न एक भव्य कार्यक्रम सम्पन्न भएको छ। “WELCOME PROGRAM – PCL Nursing 2nd Year” शीर्षकमा आयोजित सो कार्यक्रम बीरगंजस्थित भिष्वा होटलमा आयोजना गरिएको थियो।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्य रहेको थियो। उनले कार्यक्रममा बोल्दै नर्सिङ पेशा सेवा, समर्पण र मानवता सँग जोडिएको पेशा भएको बताउँदै विद्यार्थीहरूलाई आफ्नो अध्ययनमा प्रतिबद्ध रहन आग्रह गरे।

कार्यक्रममा प्रमुख अतिथि सिंहले गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसले छोटो समयमा नै नर्सिङ शिक्षामा उत्कृष्ट योगदान पुर्‍याउँदै आएको भन्दै प्रशंसा गरेका थिए। साथै, उनले दक्ष र सेवाभावी नर्स तयार गर्न क्याम्पसको भूमिकालाई महत्वपूर्ण रहेको उल्लेख गरे।

कार्यक्रममा क्याम्पस प्रमुख, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा अतिथिहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्वागत कार्यक्रमको क्रममा नयाँ विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत, कविता र अनुभव–विचारहरू प्रस्तुत गरेका थिए।

उक्त नर्सिङ क्याम्पस Council for Technical Education and Vocational Training (CTEVT) अन्तर्गत सञ्चालन हुँदै आएको हो।

कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले सहभागिता जनाएका सबैप्रति आभार व्यक्त गरेको थियो।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...