14 July ,2026,Tuesday

छपकैया सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा निःशुल्क आँखा शिविर सम्पन्न, ४४ जनामा मोतिया बिन्दु फेला

अभिलाष गुप्ता

वीरगंज, २७ कार्तिक । सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया द्वारा आयोजित तथा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया कार्यालयको सहयोग र वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा एक दिवसीय निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।

उक्त शिविरमा कुल १६० जनाले आँखा परीक्षण गराएका थिए, जस मध्ये ४४ जनामा मोतियाबिन्दु (Cataract) फेला परेको अस्पतालले जानकारी दिएको छ। तीमध्ये २२ जना पुरुष र २२ जना महिला रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले सामुदायिक सेवा केन्द्रद्वारा गरिएको यस्तो सामाजिक कार्य अत्यन्त सराहनीय भएको बताउँदै भने सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा. ग्यासुदिन ठकुराईलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँले वडा बासीकै हितका लागि आँखा शिविर आयोजना गरेर प्रशंसनीय काम गर्नुभएको छ। वडा अध्यक्ष महमद रेयाज मिया र सम्पूर्ण टोल बासीको सहयोगले कार्यक्रम सफल भएको हो। आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा शिविरहरू निरन्तर हुने आशा गर्दछु।

त्यस्तै, वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मियाले मोतियाबिन्दुको अपरेशन निःशुल्क रूपमा गरिने जानकारी दिँदै भने यस शनिबार मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क अपरेशन गरिनेछ। उपचारका क्रममा कुनै किसिमको शुल्क लाग्ने छैन।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रतिनिधि, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वडा सदस्य बसिर मिया, अब्दुल लतिफ मिया अंसारी लगायतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

शिविरको समापन समारोह सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा. ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...