7 December ,2025,Sunday

भास्कर हर्वास्युटिकल्सद्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग

अभिलाष गुप्ता

वीरगंज, २७ कार्तिक । वीरगंज महानगरपालिकालाई भास्कर हर्वास्युटिकल्स उद्योगले पाँच थान ल्यापटप सहयोग गरेको छ। गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालय सामग्रीहरू पूर्ण रूपमा नष्ट भएका थिए। त्यस घटनापछि कार्यालय सञ्चालन र प्रशासनिक कार्यहरूमा कठिनाइ आइरहेको थियो।

उक्त अवस्थालाई मध्यनजर गर्दै भास्कर हर्वास्युटिकल्स प्रा.लि.ले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोगस्वरूप महानगरलाई पाँच थान ल्यापटप उपलब्ध गराएको हो।

आज वीरगंज महानगरपालिकामा आयोजित कार्यक्रममा उद्योगका प्रतिनिधि शम्भु अग्रवालले ती ल्यापटप महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गर्नुभयो। अग्रवालले समाज र स्थानीय निकायसँग सहकार्यलाई प्राथमिकता दिने कम्पनीको नीति अन्तर्गत यो सहयोग गरिएको बताउनुभयो। उहाँले भने, “वीरगंज हाम्रो कार्यस्थल मात्र होइन, हाम्रो समुदाय हो। त्यस समुदायको पुनःस्थापनामा योगदान दिन पाउनु हाम्रो दायित्व हो।”

कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले भास्कर हर्वास्युटिकल्सप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “भदौको घटनापछि महानगरका भौतिक पूर्वाधार र उपकरण नष्ट हुँदा सेवा प्रवाहमा चुनौती आएको थियो। यस्ता सहयोगहरूले पुनःस्थापनामा ठूलो सहयोग पु–याइरहेका छन्। हामी दातृ संस्था र उद्योगसँग सहकार्यमा अघि बढ्नेछौं।”

यसअघि पनि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, औषधी व्यवसायी संघ, के.एन.पी. जापान र बृटानिया जस्ता संस्थाहरूले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायत सामग्रीहरू सहयोग गरिसकेका छन्।

महानगरले यस्ता सहकार्य र सहयोगका कार्यक्रमहरू मार्फत पालिकाबाट प्रदान गरिने सेवाको पुनःस्थापना र डिजिटल प्रशासन प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...