14 July ,2026,Tuesday

ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बाराको विश्रामपुर गाउँँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगंज महानगरपालिका–२९, मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह र सोहि ठाँउका १४ वर्षीय नाबालकलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
कात्तिक २६ गते १२ बजे वीरगंज महानगरपालिका–८ स्थित प्रभु अस्पताल अगाडी सडकखण्डमा केही गिरोहले विभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत अनलाईन खाता खोल्ने, फिसिङ्, ओटिपी फ्रड, जागिर दिने प्रलोभनमा पार्ने, अनलाइन ब्यवसायी लगायतका गतिविधि सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ब्यक्तिहरूले विभिन्न ब्यक्तिको बैंक खाता र अन्य डिजिटल वालेट प्रयोग गरी १० करोड भन्दा बढिको अबैध कारोबार गरेको पाइएको छ ।
प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई बैंकिङ कसुर मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेत जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...