21 November ,2025,Friday

भ्रामक सम्पादन प्रकरणमा बिबिसीको ट्रम्पसमक्ष माफी, क्षतिपूर्ति दाबी अस्वीकार

लन्डन, २८ कार्तिक । बिबिसीले सन् २०२१ जनवरी ६ को घटनासम्बन्धी राष्ट्रपति डोनोल्ड ट्रम्पको भाषणलाई भ्रामक रूपमा सम्पादन गरिएको स्वीकार गर्दै उहाँसँग औपचारिक माफी मागेको छ । तर बिबिसीले यस कार्यले ट्रम्पको मानहानि नभएकाले उहाँले राख्नुभएको एक अर्ब डलर क्षतिपूर्ति दाबीमा कुनै कानूनी आधार नरहेको स्पष्ट पारेको छ ।
बिबिसीका अध्यक्ष समीर शाहले ह्वाइट हाउसलाई पठाएको व्यक्तिगत पत्रमा भाषा सम्पादन ‘अनैच्छिक गल्ती’ भएको उल्लेख गर्दै भ्रान्तिपूर्ण प्रभाव पर्न गएकोमा खेद व्यक्त गर्नुभएको छ । सो सम्पादनले ट्रम्पले हिंसात्मक कार्यका लागि प्रत्यक्ष आह्वान गरेको झुटो धारणा दिन सक्ने स्वीकार गर्दै बिबिसीले विवादित वृत्तचित्र पुनःप्रसारण नगर्ने बताएको छ ।
विवाद बिबिसीको फ्ल्यागशिप करेन्ट अफेयर्स कार्यक्रम प्यानोरामा अन्तर्गत प्रसारित ‘ट्रम्प : ए सेकेन्ड चान्स ?’ शीर्षकको संस्करणबाट सुरु भएको थियो । तेस्रो पक्ष निर्माण कम्पनीले ट्रम्पको सन् २०२१ को लामो भाषणका छुट्टाछुट्टै हिस्साबाट तीन उद्धरणलाई एकै ठाउँमा जोडिदिएको थियो, जसले उहाँले समर्थकहरूलाई ‘नरकजस्तै लड्न’ र आफूसँगै मार्च गर्न आग्रह गरेझैं देखाएको थियो । काटिएको अंशमध्ये एक भागमा ट्रम्पले ‘शान्तिपूर्ण प्रदर्शन’ को आग्रह गर्नुभएको थियो ।
ट्रम्पका वकिलहरूले बिबिसीलाई माफी माग्न बाध्य पार्दै एक अर्ब डलर क्षतिपूर्ति दाबी गर्ने चेतावनी दिएका थिए । जसको जवाफमा बिबिसीले माफी स्वीकारे पनि क्षतिपूर्ति माग अस्वीकार गरेको आफ्नो समाचार शीर्षकमै स्पष्ट उल्लेख गरेको छ ।
यस घटनाबाट उत्पन्न दबाबका कारण बिबिसीका महानिर्देशक टिम डेभी तथा समाचार प्रमुख डेबहरा टर्नेसले आइतबार पदबाट राजीनामा दिनुभएको छ । उहाँहरूले यो प्रकरणले बिबिसीको विश्वसनीयतामा आघात पुगेको स्वीकार गर्नु भएको थियो ।
कानूनी विज्ञहरूका अनुसार ट्रम्पले बेलायत वा अमेरिकामा दर्ता गरिने सम्भावित मानहानिको मुद्दामा सफलता पाउन कठिन हुनेछ । बिबिसीले ट्रम्पलाई वास्तविक हानि नभएको प्रमाणित गर्न सक्छ, किनकि उहाँ अन्ततः सन् २०२४ मा पुनः राष्ट्रपति निर्वाचित हुनुभएको थियो । साथै बेलायतमा मानहानिको मुद्दा दर्ता गर्ने समयसीमा एक वर्षअघि सकिएको छ र विवादित वृत्तचित्र अमेरिकामा प्रसारण नभएकाले अमेरिकी दर्शक प्रभावित भएको प्रमाणित गर्न समेत कठिन हुनेछ ।
तर ट्रम्पले विगतमा अमेरिकी मिडियासँग ठूलो क्षतिपूर्ति निकाल्न सफल भएका केही मिसालहरू रहेकाले यस मामिलालाई पनि आर्थिक लाभको अवसरका रूपमा उपयोग गर्न सकिने कानूनी विज्ञहरूले टिप्पणी गरेका छन् ।
गत जुलाईमा ट्रम्पले ‘६० मिनेट’ अन्तर्वार्ता भ्रामक सम्पादन गरेको आरोप लगाउँदै दायर गरेको मुद्दा सुल्झाउन सिबिएसकी मालिक कम्पनी प्यारामाउन्टले एकक रोड ६० लाख डलर तिर्न सहमति जनाएपछि विवादले अर्को मोड लिएको थियो ।
यस्तै गत वर्ष एबिसी न्युजले अङ्कर जर्ज स्टेफानोपोलोसको अन–एयर टिप्पणीका कारण मानहानिको मुद्दा समाधान गर्न एक करोड ५० लाख डलर क्षतिपूर्ति तिर्ने उल्लेख गरिएको थियो ।
बिबिसीमा ट्रम्पसम्बन्धी सम्पादन गल्ती पहिलोपटक भने होइन । सन् २०२२ मा न्यूजनाइट कार्यक्रममा पनि ट्रम्पको भाषणका केही अंशहरू जोडेर प्रस्तुत गरिएकाले बिबिसीले त्यतिबेला पनि माफी माग्दै सामग्री फिर्ता लिएको थियो । (रासस/एपी)
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...