20 November ,2025,Thursday

वार्तामा बस्ने सहमतीपछि जेनजी युवाले प्रदर्शन स्थगित

बारा, ४ मंसिर । बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरूद्ध पार्दै गरेको प्रदर्शन बिहीवारका लागि स्थगित भएको छ । कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतीपछि जेनजी युवाले प्रदर्शन स्थगित गरेका हुन् ।

जेनजी युवा कपिल खरेलले प्रशासनसंगको संवादपछि प्रदर्शन स्थगित गरिएको बताए । उनका अनुसार प्रहरीप्रशासन र जेनजीबीच शुक्रवार वार्ता हुनेछ ।

आफूहरूमाथि कुटपिट गर्नेलाई कारबाई गर्न माग राख्दै जेनजी युवाले बिहीवार दोस्रो दिन पनि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको थियो । झडपमा ६ जना प्रहरी र चार जना जेनजी घाइते भएका थिए ।

प्रदर्शन स्थगित भएपछि सिमरामा बिहान ११ बजेदेखि अवरूद्ध बनेको यातायात सुचारू भएको छ । यातायात सुचारू भएसंगै सिमराको अवस्था सामान्य बनेको छ ।

झडपपछि प्रशासनले लगायो सिमरा क्षेत्रमा कफ्र्यु

जेनजी युवा र प्रहरीबीचको झडपछि जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यु आदेश जारी गरेको छ । थप झडप हुन नदिन र स्थिति नियन्त्रणमा लिन प्रहरी कफ्र्यु आदेश जारी गरेको हो ।

प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा–जीतपुर सडकखण्ड र सिमरा विमानस्थलको पाँच सय मिटर वरपरको क्षेत्रमा कफ्र्यु लगाएको हो । प्रशासनले कफ्र्यु लगाएपनि जेनजी युवाले भने प्रदर्शन जारी राखेका छन् ।

प्रहरीसंगको झडपमा चार जना युवा घाइते

सिमरामा प्रहरी र जेनजीबीच बिहीवार दिउँसो भएको झडपमा चार जना युवा घाइते भएका छन् । घाइतेहरूको सिमरास्थित अस्पतालमा उपचार भईरहेको जेनजी युवा कपिल खरेलले जानकारी दिएका छन् ।

आफूहरूमाथि कुटपिट गर्नेलाई पक्राउ गर्न माग राख्दै जेनजी युवाले सिमरामा बिहान ११ बजेदेखि प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा राजमार्ग खुलाउन पुगेको प्रहरी र जेनजी युवाबीच झडप भएको हो ।

झडपपछि प्रहरी पछाडि हटेको छ । प्रहरीलाई जेनजी युवाले लेखेटेका थिए । झडपपछि युवाले राजमार्गमा प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण सिमरा चोकमा यातायात अवरूद्ध छ । सिमरा चोकमा बुधवार बिहान प्रदर्शनमा उत्रिएका जेनजी युवालाई राष्ट्रिय युवा संघका कार्यकर्ताले कुटपिट गरेका थिए । कुटपिटका क्रममा जेनजीका केही युवा घाइते समेत भएका थिए । घटनापछि कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग राख्दै जेनजी युवाले प्रदर्शन गरिरहेका छन् । उनिहरूले सात जनाविरूद्ध प्रहरीमा जाहेरी समेत दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...