वीरगंज, ४ मंसिर । सीमावर्ती भारतीय शहर रक्सौलमा ४४४ किलोग्राम गाँजा सहित दुर्ई जना नेपाली पक्राउ परेका छन् ।
बि.आर.०६जिए ५००१ नम्बरको भारतीय ट्रकमा गाँजा लोड गरी नेपालबाट भारत लैजाने क्रममा बुधवार राति १० बजे भारतीय प्रहरीले पर्साको पोखरिया नगरपालिकाको मुलडी निवासी अनवत राउत कुर्मी र सिकन्दर राउत कुर्मीलाई पक्राउ गरेको हो ।
सूचनाको आधारमा अनुमण्डल पुलीस कार्यालय रक्सौल र हरैया थानाका अधिकारीले रक्सौलको डंकन चोकनजिकै वाहनलाई रोकी चेकजाँच गर्दा ट्रकमा बनाइएको गोप्यखण्डबाट ३० पोका गाँजा बरामद भएको रक्सौल प्रहरीले जनाएको छ ।
ट्रकका चालक अनवत राउत कुर्मी र सहचालक सिकन्दर राउत कुर्मीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुरक्षा अधिकारी मनिष कुमारले जानकारी दिए ।



