14 July ,2026,Tuesday

ज्येष्ठ नागरिक सङ्घ वडा नं.–१६ द्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न १८ जनामा मोतियाबिन्द फेला

अभिलाष गुप्ता

वीरगंज, ०६ मंसिर । ज्येष्ठ नागरिक सङ्घ, पर्सा वीरगञ्ज शाखा वडा नं.–१६, नगवाद्वारा आयोजना गरिएको निःशुल्क आँखा जाँच शिविर शनिबार भव्यताका साथ सम्पन्न भएको छ। शिविर श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, वीरगञ्ज–१६, नगवाको प्राङ्गणमा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा वीरगंजका पूर्व मेयर विजय सरावगी रहेका थिए। कार्यक्रमको अध्यक्षता ज्येष्ठ नागरिक सङ्घ वडा–१६ नगवाका अध्यक्ष विश्वनाथ प्रसाद चौरसियाले गरेका थिए भने सञ्चालन सचिव सुरेन्द्र कानुले गरेका थिए।

शिविरमा विशिष्ट अतिथिका रूपमा नरेन्द्र तिवारी, महिला वरिष्ठ सदस्य सावित्री भुमियार, जिल्ला अध्यक्ष बैजनाथ महतो लगायतका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सेवामा यस्तो पहल निकै प्रशंसनीय रहेको उल्लेख गरे।

माट्रिका आई फाउन्डेसनको सहयोगमा सम्पन्न भएको शिविरमा कुल ११५ जनाले सेवा लिएका थिए। जसमध्ये १८ जनामा मोतियाबिन्द फेला परेको आयोजकले जानकारी दिएको छ। ती ९ पुरुष र ९ महिला रहेका छन्। मोतियाबिन्द पुष्टि भएकालाई निःशुल्क शल्यक्रिया गराइने पनि आयोजकले जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्व मेयर विजय सरावगीले भने आँखा मानव जीवनको अत्यावश्यक अंग हो। उपचारको पहुँच नहुँदा कसैले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यले गरिएको यस्तो पहल निकै सराहनीय छ। समुदाय–केन्द्रित स्वास्थ्य सेवा प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

शिविरमा ज्येष्ठ नागरिक सङ्घका पदाधिकारी, सदस्यहरू, स्थानीय सामाजिक अभियन्ता तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस प्रकारका स्वास्थ्य–सम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...