24 November ,2025,Monday

धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

मुम्बई, ०८ मङ्सिर । भारतीय सिनेमाका अत्यन्त लोकप्रिय, बहुप्रतिभाशाली र पुस्ता–पुस्ताले मन पराइएका बलिउड सुपरस्टार धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । रोमान्टिक कमेडीदेखि उच्चस्तरीय एक्सन ब्लकबस्टरसम्म समान कौशलका साथ अभिनय गर्ने उहाँको क्षमता प्रशंसनीय मानिन्थ्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै भन्नुभयो, “धर्मेन्द्रजीको निधनले भारतीय सिनेमामा एउटा युगको अन्त्य भएको छ । उहाँ एक प्रतिष्ठित कलाकार मात्र होइन, हरेक भूमिकामा गहिराइ, आकर्षण र मौलिकता भर्ने अद्वितीय अभिनय प्रतिभाका धनी व्यक्ति हुनुहुन्थ्यो ।”

अभिनेता धर्मेन्द्रको स्वास्थ्य पछिल्ला महिनाहरूमा राम्रो थिएन र उपचारका लागि केही समयअघि उहाँलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो ।

धर्मेन्द्रले करिब छ दशक लामो आफ्नो चम्किलो करियरमा २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभयो । साथै उहाँले संसद् सदस्यके रूपमा पनि सेवा गर्नुभयो र भारतका उच्च नागरिक सम्मानमध्ये एक प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुनुभयो ।

सन् १९८० को दशकमा उहाँले एक्सनप्रधान चलचित्रहरूको लामो शृङ्खलामा काम गर्दै ‘हि–म्यान’ उपनाम पाउनुभयो । त्यसअघि–पछि उहाँले गरेका थुप्रै बेजोड भूमिकाहरू आज पनि बलिउड इतिहासका अविस्मरणीय कोसेढुङ्गाका रूपमा सम्झिन्छन् ।

धर्मेन्द्रको सबैभन्दा चर्चित र प्रिय भूमिकामध्ये सन् १९७५ को क्लासिक फिल्म ‘सोले’ मा उहाँले निभाएको ‘वीरु’ विशेष उल्लेखनीय मानिन्छ । वीरुको हाँसो, जोश र उदार मनका लागि उहाँ आज पनि दर्शकमाझ उत्तिकै लोकप्रिय हुनुहुन्छ ।

छ सन्तानका पिता धर्मेन्द्र आफ्ना छोराहरू—सन्नी देओल र बबी देओल—अभिनीत चलचित्रहरूको निर्माणमा समेत सक्रिय हुनुहुन्थ्यो, जसले देओल परिवारको बलिउड यात्रालाई निरन्तरता दियो ।

उहाँको अन्तिम अभिनय यात्रा भने निर्देशक श्रीराम राघवनको आगामी चलचित्र ‘इक्किस’ हुनेछ, जसको प्रदर्शन अर्को महिना निर्धारित गरिएको छ ।(रासस/एएफपी)

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...