spot_img

18 February ,2026,Wednesday

इन्टर कलेज वाद–विवाद प्रतियोगिताः हरि खेतान बहुमुखी क्याम्पसबाट चन्द्रकान्ता महत्तो थारु र अदिती महत फाइनलमा चयन

अभिलाष गुप्ता

वीरगंज, ०८ मंसिर । लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटी, लायन्स क्लब वीरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब वीरगंज कुटुम्ब र लायन्स क्लब वीरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालित इन्टर कलेज वाद–विवाद प्रतियोगिताको तेस्रो चयन चरण आज हरि खेतान बहुमुखी क्याम्पसमा सम्पन्न भयो।

“डिजिटल युगमा सामाजिक सञ्जाल : युवावर्गमा प्रेरणा कि मानसिक तनाव?” विषयमा आयोजित वाद–विवाद प्रतियोगितामा १० वटा कलेजमध्ये तेस्रो चरणअन्तर्गत ४ महिला तथा ४ पुरुष विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धाबाट कक्षा ११ की छात्रा चन्द्रकान्ता महत्तो थारु र कक्षा ११ का छात्र अदिती महत विजेता घोषित हुँदै फाइनल राउन्डका लागि चयन भएका छन्। महिला र पुरुष दुवैतर्फबाट एक–एक जनालाई फाइनल राउन्डमा प्रवेश गराइएको हो।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रोसिटीका अध्यक्ष लायन उमेश गुप्ताले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथिका रूपमा डिसट्रिक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, डिसट्रिक्ट एक्ज्युटिभ को–चिफ लायन उमेश शर्मा, डिसट्रिक्ट चिफ लायन श्याम गुप्ता, डिसट्रिक्ट चिफ लायन गुड्डी जोशी तथा रिजन चेयर पर्सन एवं कार्यक्रम संयोजक लायन सन्दिप गुप्ता कानु उपस्थित थिए।

त्यसैगरी लायन्स परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह, कुटुम्बका अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोनका अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्सका जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रोसिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया तथा कलेजका चेयरम्यान रबिन्द्र कुमार यादव लगायत कलेजका शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रम कलेज तर्फबाट उचित व्यवस्थापन मिलाइएका रबिन्द्र यादव तथा कलेज टोलीको सहयोगमा भव्यतापूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल