spot_img

18 February ,2026,Wednesday

वीरगंज टेक्वान्दो दोजाङलाई कृष्णा आलेद्वारा महत्वपूर्ण खेलकुद सामग्री प्रदान, खेल विकासमा थप उत्साह

अभिलाष गुप्ता

वीरगंज, ०८ मंसिर । वीरगंज टेक्वान्दो दोजाङका संचालक तथा प्रशिक्षक महमद वेसलाई युवा खेलप्रेमी कृष्णा आलेले महत्वपूर्ण खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। खेलाडीहरूको क्षमता अभिवृद्धि तथा प्रशिक्षणको गुणस्तरलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको यस सहयोगलाई दोजाङका प्रशिक्षक र खेलाडीहरूले अत्यन्तै उत्साहपूर्वक स्वागत गरेका छन्।

सामग्री हस्तान्तरण कार्यक्रमको क्रममा आले सरले खेलले युवाहरूलाई अनुशासन, धैर्य, आत्मविश्वास तथा सकारात्मक जीवनदर्शन सिकाउने भएकाले यस प्रकारको सहयोग अत्यावश्यक रहेको बताए।उनले भने Taekwondo केवल खेल मात्र होइन, अनुशासन, आत्मविश्वास र जीवनशैली हो। बिरगंजका युवाहरूमा रहेको प्रतिभा प्रशंसनीय छ। उनीहरूको तयारीलाई थप मजबुत बनाउन केही योगदान गर्न पाउँदा खुशी लागेको छ।

दोजाङका प्रमुख प्रशिक्षक महमद वेसले प्रदान गरिएको सामग्रीले प्रशिक्षण स्तरमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, नयाँ सामग्रीले हामीलाई खेलाडीहरूको अभ्यासलाई व्यवस्थित, सुरक्षित र आधुनिक शैलीमा अघि बढाउन मद्दत गर्नेछ। कृष्णा आले सरज्यूलाई हार्दिक धन्यवाद छ।

कार्यक्रममा उपस्थित खेलाडीहरू पनि सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिवद्धता दोहोर्‍याए। उनीहरूले नयाँ सामग्रीले प्रशिक्षणमा सहजता आउने, तकनीकी अभ्यास थप प्रभावकारी हुने र आत्मविश्वास वृद्धि हुने बताए।

बिरगंजमा पछिल्ला वर्षहरूमा मार्शल आर्ट तथा टेक्वान्दोको लोकप्रियता बढ्दै गएका बेला प्राप्त भएको यो सहयोगले स्थानीय खेल क्षेत्रलाई थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ। खेलकुद क्षेत्रमा निजी तथा सामाजिक क्षेत्रबाट प्राप्त यसप्रकारका सहयोगहरूले प्रतिभावान युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण आधार बन्ने जानकारहरूको मूल्यांकन छ।

यसैगरी, दोजाङको व्यवस्थापन पक्षले आगामी दिनमा पनि समुदाय, संस्थागत क्षेत्र तथा खेलप्रेमी व्यक्तिहरूसँग सहकार्य बढाउँदै खेलाडीहरूको भविष्य विकासमा निरन्तरता दिने जानकारी गराएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल