27 November ,2025,Thursday

वीरगंज–रक्सौल मितेरीपुल परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १० मंसिर । वीरगंज–रक्सौल सीमा क्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्य सहित मितेरीपुल परिसरमा आज वीरगंज महानगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवाकेन्द्र आदर्शनगरको सहकार्यमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रमले सीमा क्षेत्रको वातावरणीय संरक्षण, धूलो–धूँवा नियन्त्रण तथा दीर्घकालीन सौन्दर्यकरणमा महत्वपू्र्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।अध्यक्ष जय प्रकाश खेतानले वृक्षारोपणलाई महानगरको दीर्घकालीन वातावरणीय योजना जोडिएको अभियान भएको बताउँदै भने हरियाली केवल सौन्दर्यका लागि मात्र होइन, स्वास्थ्य, वातावरण र भावी पुस्ताको भविष्यसँग जोडिएको विषय हो। सीमा क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउनु महानगरको प्राथमिकता हो, यस्ता अभियानहरूलाई हामी निरन्तरता दिनेछौँ। उनले नगरबासी, सुरक्षा निकाय र स्वयंसेवी संस्था सबैको सहकार्यले मात्र दीगो वातावरण निर्माण सम्भव हुने धारणा व्यक्त गरे ।ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदिपराज पाठक, डीएसपी राजु कार्की, ट्राफिक प्रमुख युबराज कटवाल, सरसफाई महाशाखाका सर्फुदिन मिया, महानगर प्रहरी प्रमुख हरि भुसाल, सशस्त्र प्रहरी बल नं.१३ गण हेडक्वार्टरका प्रमुख पुरन चन्द्र भट्ट, वीरगंज भन्सारका डीएसपी पुरुषोत्तम भण्डारी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, भारतिय सुरक्षा बल एसएसबिका सिओ संजय रावत, दीपक कृष्णा (DY), नवीन कुमार (DY)लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

महानगरका पदाधिकारी, सामुदायिक प्रहरी, सञ्चारकर्मी, नागरिक समाज तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिताले वृक्षारोपण अभियान अत्यन्त सफल बनेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...