14 July ,2026,Tuesday

वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम

अभिलाष गुप्ता

वीरगंज, १० मंसिर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा प्रहरी कार्यालय विर्ता, पर्सा तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको संयुक्त आयोजनामा वीरगंज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाह सम्बन्धी जनचेतना मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक बिक्रम सुवेदीले कक्षा ९ का विद्यार्थीहरूलाई दाइजो प्रथाले निम्त्याउने आर्थिक, सामाजिक र मनोवैज्ञानिक असरबारे विस्तृत जानकारी गराउँदै दाइजो लिन–दिनु दुवै कार्य कानुनी रूपमा दण्डनीय रहेको बताउँदै सचेत गराए। बालविवाहले युवतीहरूमा गम्भीर स्वास्थ्य समस्या, शिक्षा छाड्ने अवस्था र घरेलु हिंसा बढ्ने जोखिम उच्च हुने उल्लेख गर्दै उनले बालविवाह रोकथामका लागि विद्यार्थी स्वयंले पनि सक्रिय भूमिका निभाउनुपर्नेमा जोर दिए । निरीक्षक सुवेदीले लैंगिक हिंसा रोकथाममा समुदाय–प्रहरी सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्दै युवाहरू समाज परिवर्तनका मुख्य वाहक हुन्, भन्दै गलत संस्कारविरुद्ध जागरूकता फैलाउन आग्रह गरे ।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा तथा सचिव श्रवण बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा स्कुलका निर्देशक सुल्भ केसी, समाजसेवी सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...