27 November ,2025,Thursday

विराटनगर चितवनसँग ४८ रनले पराजित

काठमाडौँ, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले ब्रेक लगाएको छ ।
लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग ४८ रनले पराजित भयो । जीतका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा समेटियो । जसमा मर्चेन्ट डे लाङले सर्वाधिक ३९, प्रतिश जिसीले ३० रन जोडे पनि हार टार्न सकेनन् । चितवनका रञ्जित कुमारले ५, कमलसिंह ऐरीले २ विकेट लिए ।
यसअघि, त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो । जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै ६५, सैफ अली जैवले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...