13 July ,2026,Monday

दूध बेच्दै हिंड्ने भारतीय नागरिक कोकिनसहित पक्राउ

वीरगंज, ११ मंसिर । इलाका प्रहरी कार्याय छतवा, बाराले कोकिनसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

बिहीवार दिउँसो २ बजे जिल्ला बारा, विश्रामपुर गा.पा.–१ खेखरिया स्थित भारतबाट नेपाल आउँदै गरेको बिआर ०५ एएन ३५३२ नं.को मोटरसाइकल इ.प्र.का. छतवााक प्र.ब.ना.नि. अर्जुन सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा दुध बोक्नको लागी फलामको साँचा मुनि जुटको बोरामा लुकाई छिपाई ल्याउँदै गरेको १९ वटा प्याकेटमा सेतो प्लाष्टिकमा लागु औषध (कोकिन जस्तो देखिने सेतो पदार्थ) प्लाष्टिक सहित २१ ग्राम ६५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारत, पूर्वी चम्पारण बिहार नायकटोल बस्ने वर्ष ३५ को लाल बाबु साहलाई पक्राउ गरी अनुसन्धानका लागि इ.प्र.का.प्रसौनी बारामा पठाएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...