14 July ,2026,Tuesday

वीरगंजमा हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति गठन, मोटरसाइकल र्‍याली सहित विशेष कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १३ मंसिर । वीरगंजस्थित गहवामाई मन्दिरको प्राङ्गणमा शनिबार एक विशेष समारोहका बीच हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समिति औपचारिक रूपमा गठन गरिएको छ। संगठनका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौँ युवाको सहभागितामा निकालिएको मोटरसाइकल र्‍यालीले माहोल झनै उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रम अघि लालबंगला, आदर्शनगर, कुमहालटोल र बिरता चोक हुँदै मोटरसाइकल र्‍याली निकालिएको थियो। “जात–पात भुलौँ, हिन्दू–हिन्दू भाई भाई”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नारासहित सहभागी युवाहरूले ऐक्यबद्धता प्रदर्शन गरेका थिए ।

कार्यक्रम मार्फत हिन्दू सम्राट सेना नेपाल पर्सा जिल्ला समितिका निम्न पदाधिकारीहरू चयन गरिएको घोषणा गरिएको छ अध्यक्ष : विकास साह,वरिष्ठ उपाध्यक्ष : सन्तोष सर्राफ, उपाध्यक्ष : राकेश श्रेष्ठ, महासचिव : प्रज्वल डंगोल, सचिव : उदय नारायण गिरी, कोषाध्यक्ष : दिप नारायण यादव, सल्लाहकार : राजु साह, राजेश्वर साह, नरेश सर्राफ, सदस्य : दीपक महतो, प्रिन्श साह, आशिष मण्डल, ओम वर्नवाल, रञ्जित यादव, इन्द्रभूषण तिवारी लगाएतकाहरु थिए ।उक्त कार्यक्रमका प्रमुख अतिथि हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह रहनुभएको थियो। त्यसैगरी केन्द्र तथा प्रदेशस्तरका दर्जनौँ पदाधिकारीहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो, जसमा केन्द्रीय संयोजक (न्यायिक विभाग) चन्दन सनातनी, केन्द्रीय महासचिव राकेश सनातनी, केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनी, लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी,मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रुपेश सनातनी, सहितका नेताहरू सहभागी रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारी तथा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले वीरगंजमा हिन्दू सम्राट सेनाको गतिविधि औपचारिक रूपमा सक्रिय हुँदै गएको सन्देश दिएको आयोजकहरूले बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...